मधेश सरकारको सांसदहरुलाई पैसा बाँड्ने निर्णयविरुद्ध कारण देखाउ आदेश

काठमाडौं, ३० जेठ । सांसदहरुलाई पैसा बाँड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले मधेस प्रदेशसभाका कारण देखाउ आदेश जारी गरेको छ ।
मुख्यमन्त्री सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध मंगलबार मनिषकुमार मण्डल, पारितोषकुमार साह, विक्रम भण्डारी,रतन सिंह र आबिद हुसैनले रिट दायर गरेका थिए । रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।
बुधबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले प्रदेश सरकारको सो निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


