जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेशको हरेक निर्वाचन क्षेत्रमा एक पक्की पुल निर्माण गर्ने आफ्नो पहिलो निर्णय गरेका छन् ।

शुक्रवार पदभार ग्रहणपश्चात् मन्त्री यादवले स–साना योजना भन्दा पनि गौरवको योजना केन्द्रित कार्यक्रम तर्फ उनले अग्रसरता देखाएका हुन् ।

उनले भने, ‘मधेशमा केहि महत्वकांक्षी योजना ल्याएर काम गरेमात्र जनताले अनुभुति गर्ने किसिमको विकास सम्भव हुन सक्छ । त्यसैले मन्त्रालयका सचिव लगायत सबै कर्मचारीहरुलाई विकास निर्माणको कामलाई द्रुत गतिमा सञ्चालन गर्न तथा आगामी आर्थिक वर्षको कार्यक्रममा जनतालाई प्रत्यक्ष लाभ पुग्ने ठोस कार्यक्रम प्रस्ताव गर्न निर्देशन समेत दिएको छु ।’

यादव यसअघि पनि सरोजकुमार यादव नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री थिए ।