जनमतका सतिश सिंह मधेशको मुख्यमन्त्री बन्दै

जनकपुरधाम, २४ जेठ । जनमत पार्टीका सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्री बन्न लागेका छन्।
सप्तरी क्षेत्र नम्बर २ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सिंह मधेशको मुख्यमन्त्री बन्न लागेका हुन्।
त्यस्तै सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजु कुमारी मण्डल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
बुधबार प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीसहित चार दलबीच नयाँ सरकार गठनका लागि सहमति भइसकेको थियो।
बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि दलहरूले नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिएको हो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


