जनकपुरधाम, १६ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ को सहयोग र नमस्ते जनकपुरको आयोजनामा वडा नं. १३ का महिलाहरुका लागि महिला सशक्तिकरण तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको प्रमुख आतिथ्यमा ९ दिने तालिमको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख साहले महिला सशक्तिकरणको सवालमा आफू निरन्तर अगाडी बढिरहेको र महिलाहरूको हरेक सुख दुःखमा पनि आफू सारथि भएर अगाडी बढेको बताए ।
पहिलेको तुलनामा नेतृत्व विकाससँगै हरेक विकास निर्माणका काममा महिलाहरुको सहभागीतामा वृद्धि भएको उनले बताए । उपप्रमुख साहले महिलाहरुलाई सिपमुलक तालिमका साथै आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु एपमहानगरले अगाडी बढाएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै वडा नं. १३ का वडाध्यक्ष जितबहादुर राउतले पहिलेको तुलनामा महिलाहरुको नेतृत्व विकास तथा सशक्तिकरणको पक्षमा धेरै परिवर्तन आएको देख्दा आफुलाई खुसि लागेको बताए । उनले महिलामाथि हुने विभेद र लैंगिक हिंसा न्यूनीकरणमा स्वयं आफै महिलाहरूलाई पनि अगाडि बढन आग्रह गरे ।
उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपनिर्देशक मेहीलाल यादव, वडा नं. १३ का वडा सचिव देवनारायण यादव, कार्यपालिका सदस्य संजु देवी दास, वडा सदस्यहरु गीता देवी साह, विजय साह, जयकिशुन राउत, राजर्षि जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कुमार साह, मधेश लोकतान्त्रिक संघका प्रदेश अध्यक्ष सुनिल कुमार यादव, महिला अधिकारकर्मी रिना मण्डललगायतकाहरुको उपस्थिती रहेको थियो ।
९ दिनसम्म सञ्चालित महिला सशक्तिकरण तालिमको मुख्य प्रशिक्षकमा नवल मण्डल रहेका छन् भने तालिमको सहजीकरण नमस्ते जनकपुरका अध्यक्ष केवल कमल साहले गरिरहेका छन् ।