मधेश प्रदेश सभाको तेस्रो अधिवेशन जेठ २१ गतेका लागि आह्वान

जनकपुरधाम, १४ जेठ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशन जेठ २१ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले सोमबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गरेकी छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ २१ गते सोमबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को आइतबार बसेको बैठकबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलले बताए ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद) को मिति २०८१/०२/१३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विक्रम सम्बत् २०८१/०२/२१ गते सोमवार दिनको १४ः०० बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


