मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले बुझायो संयुक्त ध्यानाकर्षण पत्र

जनकपुरधाम, १४ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाइएको छ ।
मुख्यमन्त्री यादवलाई विपक्षी दलहरु नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संयुक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा प्रश्न उठाइएको छ ।
वर्तमान सरकार अल्पतमतमा रहेकोले दिर्घकालिन असर पर्ने खालका निर्णयहरु नर्गन मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्रमार्फत सचेत गराइएको नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिए ।
मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउन एमाले संसदीय दलका नेता यादवलगायत जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह, लोसपा नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतो मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


