जानकी महिला जागरण समाज र सर्पोट नेपालमार्फत सञ्चालित परियोजनाका गतिविधिहरुको अवलोकन

जनकपुरधाम, ९ जेठ । जिल्ला परियोजना सल्लाहकार समितिले विभिन्न परियोजनाहरुका गतिविधिहरुको अवलोकन तथा अनुगमन गरेको छ । प्लान इन्टरनेशनल नेपालको धनुषा जिल्लाका लागि स्थानीय साझेदार संस्थाहरु जानकी महिला जागरण समाज र सर्पोट नेपालमार्फत सञ्चालित परियोजनाहरुका गतिविधिहरुको अवलोकन तथा अनुगमन गरिएको हो ।
समुदाय केन्द्रित सशक्तिकरण परियोजना अन्तर्गत सबैला, शहिदनगर, कमला, विदेह र जनकनन्दिनी पालिकामा सञ्चालित दक्ष युवा तथा कमला र शहिदनगरमा सञ्चालित बालिका सशक्तिकरण परियोजनाहरु अन्तर्गत सञ्चालित क्रियाकलापहरुको अवलोकन तथा अनुगमन गरिएको जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्णले जानकारी दिइन ।
उनले दक्ष युवा कार्यक्रममार्फत पाँचवटा पालिकाका सीमान्तकृत, दलित र आर्थिक रुपमा कमजोर रहेका परिवारका १८ देखि २४ वर्ष उमेर समूहका ३५० जना युवा, महिला तथा पुरुषहरुको सशक्तिकरण मार्फत ५ं० प्रतिशतलाई रोजगारी र बाँकी ५० प्रतिशतलाई स्वरोजगारीका क्रियाकलापमा सामेल गराई उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिइन ।
कार्यक्रम अन्तर्गत अनुगमन भ्रमण टोलीले यस परियोजना अन्तर्गत शहिदनगर नगरपालिकामा सञ्चालित सिटिइभीटी अन्तर्गतको लेभल–१ को असिस्टेन्ट टेलर सिप तालिम र मोटरसाइकल मेकानिक तालिमको अवलोकन र सहभागीहरु तथा स्थानीय पालिकाका सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गरेको थियो । त्यस्तै बालिका सशत्तिकरण परियोजना अन्तर्गत अभिभावक शिक्षामा सामेल अभिभावकहरु र साथी शिक्षा क्रियाकलाप अन्तर्गत सहभागी भएका किशोर किशोरीहरुसँग विविध विषयमा छलफल भएको थियो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको अगुवाइमा गएको अनुगमन टोलीमा धुनषाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ धनुषा, जनकपुरधाम उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय महिला सेल, जिल्ला स्वास्थ्य कार्यालय धनुषा, जिल्ला युवा समिति धनुषा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झालगायतकाहरुको सहभागिता रहेको थियो । टोलीमा प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार संस्थाहरु जानकी महिला जागरण समाज र सर्पोट नेपालका तर्फबाट समेत सहभागिता रहेको थियो ।
दक्ष युवा परियोजना
दक्ष युवा परियोजना जानकी महिला जागरण समाजले प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा २०२३ मार्चबाट सञ्चालित कार्यक्रम हो र यस कार्यक्रमले जुन २०२५ सम्ममा धनुषा जिल्लाको पाँचवटा पालिकाहरु क्रमश सबैला, शहिदनगर, विदेह, कमला र जनकनन्दिनीबाट ३५० जना युवा महिला तथा पुरुष (कम्तिमा ५०% महिला) हरुलाई विभिन्न सशक्तिकरण र व्यवसायिक तालिमहरुमार्फत दक्ष बनाई त्यसमध्ये लगभग ५०% लाई रोजगारी र ५०% लाई स्टार्टअप सहयोग गरी आफ्नै पेशा वा व्यवसायमा लगाई जीविकोपार्जनमा सहयोग गर्ने मुख्य लक्ष्य राखेको छ । कार्यक्रम पाँचवटै पालिकाहरुको समन्वयमा संचालित छ । कार्यक्रम अन्तर्गत यस अनुगमन भ्रमण टोलीले यस परियोजना अन्तर्गत शहिदनगर पालिकामा सञ्चालित सिटिइभीटी अन्तर्गतको लेभल–१ को असिस्टेन्ट टेलर तालिम र मोटरसाइकल मेकानिक तालिमको अवलोकन र सहभागीहरु तथा सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम रहेको छ । समय मिलेमा यदुकुहामा एकजना महिला सहभागीले स्टार्टअप सहयोग प्राप्त गरी सुरु गरेको व्यवसायको अवलोकन र सहभागीसँग छलफल समेत गर्ने कार्यक्रम रहेको छ ।
बालिका सशक्तिकरण परियोजना
बालिका सशक्तिकरण परियोजना सपोर्ट नेपालको सहजीकरण र प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा २०२३ सेप्टेम्बरबाट सञ्चालित कार्यक्रम हो । यस कार्यक्रमले जुन २०२६ सम्ममा धनुषा जिल्लाका तिनवटा पालिकाहरु क्रमशः सबैला, शहिदनगर र कमला नगरपालिकाका बिभिन्न वडाहरुका युवतीहरू सबै विविधतामा समान र सक्रिय नागरिकको रूपमा आफ्नो पूर्ण क्षमतामा पुग्छन् भन्ने मूख्य लक्ष्य राखेको छ । पालनपोषण हेरचाह, सकारात्मक र लैङ्गिक प्रतिक्रिया अभिभावक अभ्यासहरू मार्फत आफ्ना बालबालिकाको समग्र विकासलाई समर्थन गर्न आमाबाबु/केयरगिभरहरूसँग आवश्यक ज्ञान र सीपहरू हुनेछन् । घरेलु र सामुदायिक स्तरमा पुरुष सदस्यहरूले प्रारम्भिक बाल्यकालको विकास र सिइएफएम रोकथाम सहित सकारात्मक सामाजिक र लैङ्गिक मान्यताहरू प्रर्वद्धन गर्न ज्ञान, सीप र व्यवहारमा सुधार हुनेछन् । कार्यक्रम हाल दुईवटा पालिकाहरुको समन्वयमा संचालित छ । कार्यक्रम अन्तर्गत यस अनुगमन भ्रमण टोलीले यस परियोजना अन्तर्गत कमला नगरपालिकामा सञ्चालित अभिभावक शिक्षा र दोतरी शिक्षा प्रशिक्षण तालिमको अवलोकन र सहभागीहरु तथा सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


