राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्वारा लहानमा सम्वादात्मक कार्यक्रम सम्पन्न

जनकपुरधाम, ९ जेठ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले सिरहाको लहानमा सम्वादात्मक कार्यक्रम सम्पन्न गरेको छ । अभियानले गत शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर जेठ ४ देखि असार ४ सम्म देशभर १०१ कार्यक्रम गर्ने घोषणा गरेको थियो । सोही अनुसार अभियानका केन्द्रिय नेताहरु देशभर खटिएका छन ।
बुधबार दोरिक चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, सञ्चारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तरक्रिया गरिएको छ । दसमी लाल चौधरीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा सि.एन. थारुले विषय प्रवेश गरेका थिए । कार्यक्रममा बुद्धछिरिङ मोक्तानले कि नोट स्पीच दिए । कार्यक्रममा सहभागीहरुले राष्ट्रिय मुक्ति क्रान्तिको लागि सुझाव र शुभकामना पनि दिएका थिए । कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी पूर्वमन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय यादव, केशव झा, कौशल सिंह, राजिव झा, अनिल महासेठ, अनिल सिंह, धनिराम महतोलगायतकाहरुको उपस्थिति रहेको थियो ।
अभियानले यसअघि मंगलबार जनकपुरधाममा नेता संजय सिंहको अध्यक्षतामा बौद्विक जमातसंग सम्वादात्मक कार्यक्रम सम्पन्न गरेको थियो ।
अभियानले यस बिचमा पूर्वदेखि पश्चिमसम्मको प्रमुख ८ शहरहरुमा शक्ति प्रर्दशन समेत गर्ने जनाएको छ । अभियानले अगामि ४ असारमा काठमाडौंमा वृह्त शक्ति प्रर्दशनको कार्यक्रम राखेर तयारी थालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


