जनकपुरधाम, १७ बैशाख । धनुषाको नगराइन नगरपालिका–२ मा एक जना पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।