बघचौठामा आगलागी हुँदा ६ लाख भन्दा बढीको क्षति

जनकपुरधाम, १५ बैशाख । धनुषाको हंसपुर नगरपालिका बघचौठामा आगलागी हुँदा ६ लाख भन्दा बढीको क्षति भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको घरमा शुक्रवार राति साढे १० बजे आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा, जरनेटर, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


