जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

जनकपुरधाम, २६ चैत । जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
महोत्तरीको एकडारा गाउँपालिकाका २० बर्षिय प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो ।
हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


