जनकपुरधाम, २१ चैत । यही चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यवसायी संघको निर्वाचनमा रमेश कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

रमेश कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका नेपाली काँग्रेसका युवा नेता यादवले आगामी निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

संघका निवर्तमान महासचिव समेत रहेका रमेशले आफू अध्यक्ष पदमा निर्वाचित भएपछि सम्पूर्ण निर्माण व्यवसायीको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले निर्माण व्यवसायी संघको नेतृत्व तहमा पुगेर आफू धनुषाका सम्पूर्ण निर्माण  व्यवसायीको आशा र भरोसाको सम्बाहक बन्न चाहेकोले सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

धनुषा जिल्लाका सम्पूर्ण निर्माण व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले अहम भूमिका निर्वाह गर्ने रमेशको प्रतिबद्धता छ ।

आफू अध्यक्षमा विजयी भए निर्माण व्यवसायी क्षेत्रका समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने र अब निर्वाचित हुने अन्य पदाधिकारीसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने दावी समेत रमेशको छ ।

उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सम्पूर्ण निर्माण व्यवसायीको हकहितका लागि निरन्तर मिहिनेत गर्नेछु ।’