जनकपुरधाम, १८ चैत । धनुषा निर्माण व्यवसायी संघको चैत २४ गते हुने कार्यसमिति निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको सूची प्रकाशन गरेको हो ।

अध्यक्ष एक जनाका लागि ६ जना प्रतिस्पर्धी देखिएका छन् ।अध्यक्षमा रमेश कुमार याद‌व, प्रदिप कुमार गुप्ता, रितेश लाल, जगदिश महासेठ, लक्ष्मण महासेठ र अशोक कुमार चौधरीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उपाध्यक्ष एक जनाका लागि पनि ६ जना उम्मेदवार बनेका छन् । उनीहरू विजय कुमार झा, जयप्रकाश साह, दिपक कुमार शर्मा, सुरेन्द्र कुमार राय, संतोष कुमार साह र विकाश कुमार साह हुन् ।

महासचिव एक जनाका लागि निवर्तमान कोषाध्यक्ष रुपेश कुमार सिंह, राकेश प्रसाद जयसवाल, विकाश प्रसाद‌ यादव, विरेन्द्र यादव र राजेश दाससहित ५ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, सचिव एक जनाका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा संतोष कुमार मुखिया, मनोज कुमार साह, मुकेश कुमार कर्ण र नवनित कुमार झा छन्।

यता, कोषाध्यक्ष पदका लागि जय कुमार यादव, सुनिल कुमार साह, लक्ष्मण कुमार‌ यादव, रंजित राज सिंह र बैजनाथ यादवसहित ५ जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त कामेश्वर झाले जानकारी दिएका छन् ।

सदस्य पदमा (क) वर्गबाट संतोष कुमार यादव र (ख) वर्गबाट शुभाष चन्द्र चौधरी निर्विरोध निर्वाचित हुँदा (ग) वर्गबाट सदस्य पदका लागि कसैको उम्मेदवारी नपरेको निर्वाचन आयुक्त झाले जानकारी दिए ।

(घ) वर्गको तर्फबाट ३ जना सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उनीहरू शिवेश कुमार ठाकुर, सुजित कुमार झा, राजिव कुमार साह, कमलेश कुमार जयसबाल, दिपक कुमार यादव, मात्रिका प्रसाद साह, प्रदिप भण्डारी, विश्वनाथ यादव र अरविन्द कुमार ठाकुर हुन् ।