राष्ट्रपति पौडेलले गरे सालिक अनावरण

महोत्तरी, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गरेका छन् ।
राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन् ।
सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता देशका धरोहर हुन् भन्दै उनीहरूप्रति सबैको श्रद्धाभाव हुनुपर्ने बताए। उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरूले देखाउनुभएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिए ।
सो अघि राष्ट्रपति पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


