जनकपुरधाम, २० फागुन । जनकपुरधाममा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आइतवार बिहान प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । विवाहको लागि मटकोरको माटो पोखरीबाट महिलाहरु गइरहेको बेला तिव्रगतिमा रहेको स्कुल बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।