स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यु

जनकपुरधाम, २५ माघ । जनकपुरधाममा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
विहिबार विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम बोर्डिँग स्कूलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यु भएको हो ।
बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता, स्कूल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


