जनकपुरधाम, २१ पुस । जनमत पार्टी धनुषाबाट राष्ट्रिय सभाका लागि इन्द्रजित यादवको नाम सिफारिस भएको छ ।

डा. सिके राउत नेतृत्वको सो पार्टीले राष्ट्रिय सभाको लागि धनुषाबाट यादवको एकल नाम सिफारिस गरेको हो ।
जनमत पार्टी धनुषाका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्जको अध्यक्षतामा बसेको बैठकबाट यादवलाई राष्ट्रियसभा उमेदवार बनाउन सिफारिस गरिएको हो ।

यादवलाई राष्ट्रिय सभाको लागि जनमत पार्टी केन्द्रिय सचिवालयमा सर्वसहमतिबाट नाम सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज मण्डलले बताए ।

जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि नाम सिफारिस गरेपछि विभिन्न क्षेत्रबाट शुभचिन्तकहरुबाट बधाईको ओइरो लागेको छ ।