धनुषामा ब्लड फर निडको सचेतनामूलक कार्यक्रम सम्पन्न

जनकपुरधाम, ११ पुस । ब्लड डोनर्स सोसाइटी नेपालको मेची-महाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान अन्तर्गत बुधबार ५औँ दिन धनुषामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
ब्लड फर निडको आयोजनामा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) र राजर्षि जनक क्याम्पसमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
नयाँ रक्तदाता उत्पादन गर्न उदेश्यले ब्लड फर निडले विभिन्न कलेजहरुमा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । युवाहरूको यस समूहले आवश्यक परेका विरामीका लागी निरन्तर रगत व्यवस्थापन गर्दै आएको छ।
ब्लड फर निड धनुषा (आवश्यकतामा रगत) को आयोजना र ब्लड डोनर सोसाइटी नेपालको सह-आयोजनामा भएको कार्यक्रममा ब्लड फर निड धनुषाका संयोजक बलराम प्रसाद गुप्ता, अस्थायी सचिव रवि कुमार मण्डल, सदस्य अजय झा, सरोज प्रसाद साह, श्याम साहलगायतकाहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अन्जन दवाडी, केन्द्रीय सदस्य अन्जन तिवारी, सदस्य कृष्णा शर्मा, सल्लाहकार बालचन्द्र पोखरेलको पनि उपस्थिती रहेको थियो ।
राराब क्याम्पसमा आयोजित कार्यक्रममा २०० भन्दा बढी र राजर्षि जनक क्याम्पसमा १६७ जना विद्यार्थीहरु सहभागी थिए ।
कार्यक्रममा रगत, रक्तदान र रक्तदान किन गर्ने, रक्तदान गर्दा हुने फाइदाहरुको बारेमा चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


