जनकपुरधाम, १ पुस । विवाहपञ्चमी महामहोत्सव अन्तर्गत जानकी मन्दिर प्राङ्गणमा वैवाहिक कार्यक्रम भइरहेको छ।

जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा वैवाहिक कार्यक्रम जारी रहेको छ।

एक सातासम्म मनाईने विवाहपञ्चमी महामहोत्सव अन्तर्गत आज छठौँ दिन सीतारामको वैवाहिक कार्यक्रम रहेको छ।

वैवाहिक कार्यक्रम हेर्न जानकी मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।