जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा आजदेखि सुरु भएको विद्यालय स्तरीय दोस्रो रनिङ शिल्ड टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो दिनको खेलमा श्रीराम सेकेन्ड्री स्कुलले जित हासिल गरेको छ ।राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषाको आयोजनामा शुरु भएको विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीराम सेकेन्ड्री स्कुलले धनुषा पब्लिम स्कुललाई ८३ रनको विशाल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीरामले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय २ रनको विशाल योगफल तयार गरेको थियो । जवाफमा ब्याटिङ्ग गरेको धनुषा पब्लिक ९ विकेटको क्षतिमा मात्र १ सय १९ रन बनाउँदै सीमित भएको थियो ।श्रीरामका लागि रवि साहले ८५ रनको म्याराथन पारी खेलेका थिए । सुमन साहले १९ रनको योगदान गरे । धनुषा पब्लिकका लागि रविशंकर यादव र पप्पु दासले  समान ३/३ विकेट लिए भने धिरज मण्डल र पिन्टु साहले १/१ विकेट लिएका थिए ।जवाफमा ब्याटिङ्ग गरेको धनुषा पब्लिकका लागि रविशंकर यादवले ३९ रनको योगदान गर्नुबाहेक अन्य कुनै ब्याट्स्म्यानले उल्लेख्य योगदान पुर्याउन सकेनन् ।धनुषा पब्लिकलाई सस्तैमा समेट्न श्रीरामको तर्फबाट इरशाद खान र सिन्टु यादवले ३/३ विकेट लिएका थिए भने रवि साहले १ विकेट लिएका थिए ।तस्बिरहरू : पत्रकार घनश्याम मिश्र