कांग्रेस स्वास्थ्य विभागद्वारा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापन

जनकपुरधाम, २६ साउन । नेपाली कांग्रेस स्वास्थ्य विभाग मधेश प्रदेशले प्रदेशका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
मधेश प्रदेशमा स्वास्थ सेवाको अवस्था कमजोर देखिएको भन्दै प्रदेशका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
नेपालमा स्वास्थ्य सेवा लिन निम्न वर्ग र मध्यम वर्गलाई कठिन भईरहेको ज्ञापनपत्रमा भनिएको छ । मधेश प्रदेशमा मजदूरी गरेर जिविकोपार्जन गरने नागरिकहरुलाई कड़ा प्रकारको रोगको इलाज गराउन समस्या भइरहेको उल्लेख छ ।
स्वास्थ्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘ कूल जनसंख्याको झण्डै एक चौथाई विपन्नता रहेको छ । नेपालमा स्वास्थ्य सेवा लिन निम्न वर्गलाई मात्र होइन, मध्यम वर्गलाई समेत कठिन देखिएको छ। विशेष गरी मधेश प्रदेशमा मजदूरी गरेर आफ्नो जिविकोपार्जन गरिरहेका सर्वसाधारण नागरिकहरूले कड़ा प्रकृतिका रोगका लागी उपचार गर्न अत्यन्तै कठिनाई भइरहेको अवस्थामा मधेश प्रदेशले यस्ता प्रकारको रोगको उपचारको लागी संघीय तथा अन्य प्रदेश सरकारले व्यवस्था गरे भन्दा थप आर्थिक सुविधा उपलब्ध गराई सहज उपचार गराऊनू कानूनी व्यवस्था मिलाउनका लागी नेपाली कांग्रेस मधेश प्रदेश स्वस्थ्य विभाग गम्भीर ध्यानाकर्षण गराउँछ।’
कमजोर विरामीहरुको उपचारका लागी व्यवस्था गर्न ढिलो भएको हो। नागरिकको कठिनाईलाई मध्यनजर गरी कानूनी व्यवस्था गर्न कांग्रेस सक्षम रहेको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘तराई क्षेत्रमा आर्थिक स्थिती कमजोर भएका विरामीहरुका लागी यस्ता रोगको उपचारका लागी व्यवस्था गर्न ढिलो भएको छ । नागरिकले भोगिरहको कठिनाईलाई मध्यनजर गरी विशेष सहूलियतको कानूनी व्यवस्था गरी कार्यान्वयन गर्न कांग्रेस सक्षम रहेको छ। ‘
गर्मी तथा वर्षाको समयमा डेंगू र आंखा पाकने रोगबाट तराईका सर्वसाधारण प्रभावित भइरहेका छन। सरुवा रोगको नियन्त्रण गर्न सरकारले व्यवस्था गरी जिल्ला अस्पतालमा थप सुविधको व्यवस्थापन गर्न आवश्यक छ।
त्यस्तै, मुख्यमन्त्रीको ज्ञापनपत्रमा भनिएको छ, ‘ मधेश प्रदेशमा गर्मी तथा वर्षायामको समयमा डेंगु तथा आँखा पाक्ने रोगबाट विशेष गरी तराई क्षेत्रका बासिन्दाहरू बढी मात्रामा प्रभावित भइरहेको विद्यमान अवस्था छ । यस्ता प्रकारका अल्पकालिन रूपमा देखा पर्ने विभिन्न प्रकारका सरुवा रोगहरूको नियन्त्रणका लागि समेत सरकारले ठोस कदम चाल्नु पर्ने नीतिगत व्यवस्था गर्न आवश्यक छ । बाक्लो जनघनत्व र घनावस्ती रहेको मधेश प्रदेशका आठवटै जिल्लामा रहेका जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाई थप दरबन्दी सिर्जना गरेर विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ।’
ज्ञापनपत्रमा मधेश प्रदेशमा स्वास्थ्य सेवाको अवस्था कमजोर देखिएको र सरकारी स्तरमा सेवा दिन सके सर्वसाधारणको आर्थिक भारमा कटौती हुने कुरासमेत उल्लेख छ ।
‘स्वास्थ्य सेवाको अवस्था निकै कमजोर देखिएको मधेश प्रदेशमा सरकारी स्तरमा गुणस्तरीय सेवा दिन सके सर्वसाधारणलाई आर्थिक भारमा कटौती हुन्छ । प्रदेश सरकारप्रतिको विश्वश्नियता पनी बढने हुनाले यसतर्फ आवश्यक कार्य गर्नका लागी ध्यानाकर्षण गराउँछौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


