काठमाडौँ, २४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकले जनजातिको बहसलाई समयमा नै चिन्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित २९ औँ विश्व आदिवासी दिवस २०८० को अवसरमा मन्त्री मोदीले संविधान निर्माण गर्दै गर्दा पनि राज्य चुकेको बताए ।

उनले प्रश्न गर्दै भने, ‘जति वेला हामी संविधानसभा निर्माणको क्रममा थियौँ, त्यति बेला जनजातिहरू आफ्नो अधिकारको क्रममा बहस गर्दै थिए, त्यति बेला हामीले चिनेनौँ । संविधान निर्माणको क्रममा बाख्राको गोठालो चितुवालाई बनाई दिएपछि बाख्रा खोजेर पाइन्थ्यो र ? ’

मन्त्री मोदीले सत्तामा र नेतृत्वमा हुनेहरूले बोलेर मात्र नहुने हरेक तवरबाट विभिन्न आदिवासी तथा जनजातिको हक अधिकारको निम्ति काम गर्नु पर्ने पनि बताए ।