काठमाडौँ, २३ साउन। प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको बैठक सकिएको छ । संसद सचिवालयमा सम्पन्न बैठकमा सदनलाई नियमित अगाडि बढाउने सहमति भएको छ ।

दलीय आधारमा एकएकजनाले आकस्मिक समय प्रयोग गर्ने । त्यसपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

सबै दलका प्रमुख सचेतक तथा सचेतक सहभागी बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा पनि गम्भीर छलफल भएको छ ।

यसअघि बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए ।

संसद बैठक तीन बजेका लागि बोलाइए पनि छलफलका कारण अहिलेसम्म सुरु भएको छैन् ।