जनयुद्धको उपलब्धि रक्षाका लागि माओवादी धारहरू एक ठाउँमा आउनुपर्छ : दीपशिखा

काठमाडौँ, २३ साउन। नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनयुद्धको उपलब्धि रक्षाका लागि माओवादी धारहरू एकैठाउँमा आउनुपर्ने बताएका छन् ।
विप्लवप्रति लक्षित गर्दै उनले सैद्धान्तिक र व्यवहारिक हिसाबले पार्टी एकता दुवै पार्टीबीच हुने राजनीतिक, वैचारिक र साङ्गठनिक एकता भएको जिकिर गरेका छन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा अब माओवादी धाराहरू एकैठाउँमा आउनुपर्छ र जनयुद्धका उपलब्धिहरू रक्षा गर्दै बाँकी अभिभाराहरू पुरा गर्नुपर्छ, सैद्धान्तिक र व्यवहारिक हिसाबले एकता भन्ने बित्तिकै दुवै पार्टीबिच हुने राजनीतिक, वैचारिक र साङ्गठनिक एकता हो । कसैले कसैलाई कुन पद दिने वा लिने विषय होइन् ।’
उनले एकता कोही कतै प्रवेश गर्ने र गराउने विषय नभएको उल्लेख गर्दै कम्युनिस्ट पार्टीमा सबैभन्दा ठुलो कुरा पार्टी सदस्यता हुने उल्लेख गरेका छन् ।
‘कम्युनिस्ट पार्टीमा सबैभन्दा ठुलो कुरा सदस्यता हो’ भन्न खोज्दा नेकपाका महासचिव विप्लवलाई पार्टी सदस्य दिने भन्ने सुनिन गएकाले त्यसबाट भ्रमित नहुन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


