डा. ठाकुर कांग्रेस महोत्तरीको आमन्त्रित सदस्यमा मनोनीत

महोत्तरी, २२ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले चिकित्सक डा. सज्जन ठाकुरलाई कांग्रेस महोत्तरीको आमन्त्रित सदस्यमा मनोनीत गरेको छ ।
महोत्तरी स्थायी ठेगाना भएका डा. ठाकुरलाई नेपाली कांग्रेस महोत्तरीको आमन्त्रित सदस्यमा मनोनीत गरिएको हो ।
सभापति नागेश्वर यादवले आइतबार डा. ठाकुरलाई जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनीत गरिएको जानकारी दिएका छन् ।
पत्रमा भनिएको छ, ‘आशा एवम् विश्वास छ की तपाईंको मनोनयनले नेपाली कांग्रेस महोत्तरीमा थप उर्जा प्रदान भई संगठन अझ बढी सबल हुने छ । साथै तपाईंलाई तोकिएको जिम्मेवारी नेपाली कांग्रेसको विधानको मर्म अनुसार इमान्दारी र निष्ठापुर्वक बहन गर्नु हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


