वडा वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई प्रचण्डको निर्देशन

काठमाडौँ, २१ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आइतवारको केन्द्रीय समिति बैठक जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् ।
केन्द्रीय सदस्यरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले जवाफ फर्काएका हुन । बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिए ।
सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । आफू र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने प्रचण्डले बताएको ती सदस्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


