काठमाडौँ, २१ साउन। सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभइितको भावना आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले प्रकाशन गरेको ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा बास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरु नवराज थापा, सुरज प्रधान, मिलन परियार, निरञ्जन चापागाँई, चन्द्र श्रेष्ठ सइिमलित टोलीले सभामुख घिमिरेलाई गौरवमय सांस्कृतिक मानचित्र हस्तान्तरण गरेको हो ।

प्राचीन राष्ट्र नेपालको सुगौली सइिध अगाडिको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुराताइिवक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुराताइिवक महत्वका सम्पदा समेटिएका छन् ।

विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम अभियान थालेको प्रवक्ता आशुतोष प्रधानले जनाएका छन् ।