झलनाथको फरक मतप्रति अध्यक्ष पराजुलीको कटाक्ष

काठमाडौँ, २१ साउन। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति पार्टी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कटाक्ष गरेका छन् ।
अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने गरेको भन्दै अहिले लामो समयपछि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थालेको भन्दै यस्तो दृष्टिभ्रम कहिलेसम्म रहन्छ भनेर प्रश्न गरेका छन ।
साथै उनले सम्मानमाथि उच्च सम्मान रहेकाले खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव पनि दिएका छन् ।
जनताको आदेशलाइ खनालप्रति लक्षित गर्दै पराजुलीले लेखेका छन, ‘जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला । समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनुहोस् । राजनीति पद प्रााित मात्र हो भन्ने भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस् ।’
पराजुलीले सदैव मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने खनालको प्रवृाितले सम्मानित मर्यादालाई अधोगति लगाएको दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


