तीन महिने अभियानका क्रममा प्रचण्ड आफैं वडासम्म जाने

काठमाडौँ, २१ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए ।
उनले भने, ‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो । अब ३ महिना त्यस्तो होइन् । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’
६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


