बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुख घिमिरेको आग्रह

काठमाडौँ २१ साउन। सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।
सभामुख घिमिरेले भनेका छन्, ‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


