काठमाडौँ, २० साउन । अर्थमन्त्री प्रकाशशरण महतले, सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रिक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार संरचनामा जथाभावी खर्च गर्ने र स्रोत साधनको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए ।

उनले भने, ‘कम राजस्व उठ्यो । अर्थतन्त्रमा धेरै कारणले सिथिलता आयो । हामी सबैलाई थाहा छ । विस्तारै यसले फेरि एउटा रफ्तार लिन खोजिरहेको छ । सरकारी संरचनामा पनि धेरै समस्या छन् । समयमै काम गर्ने । हरेक रिर्सोसेजको सदुपयोग गर्ने । इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने । जथाभावी नगर्ने । यसका लागि अझै धेरै काम गर्न बाँकी छ । धेरै समस्या छन । यसलाई अर्डरमा ल्याउने कोसिस गरिरहेको छु ।’

जुन कार्यक्रममा गयो कार्यक्रमको मनोविज्ञानका आधारमा आश्वासन दिने र उडन्ते कुरा गर्ने बानीले देशको उन्नति नभएको बताए । उनले भने, ‘कुराबाट होइन, कामबाटै प्रमाणित गर्नुपर्छ ।’