राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौँ : अध्यक्ष ओली

काठमाडौँ, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकताबद्ध भएर अगाडि बढ्न तयार भएको बताएका छन् ।
पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरू पार्टीले कुरा ल्याएमा समर्थन गर्न तयार भएको बताएका हुन् ।
उनले भने,‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस । अरू पार्टीले कुरा ल्याऊन्, हामी राष्ट्रिय हितको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं । सहमति जनाउँछौँ र एकताबद्ध भएर अगाडि बढ्न तयार छौँ ।’
उनले राष्ट्रिय हितलाई छोडेर अरू कुरामा एमाले सहमत नहुने सर्त राखे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


