नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ, २० साउन । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोक नगरमा केहीबेर अघि बैठक सुरु भएको पार्टीले जनाएको छ ।
तयारी नपुगेको भन्दै सारिएको बैठक आजदेखि सुरु भएको हो । यसअघि १६ र १७ गतेका लागि स्थायी कमिटी बोलाइएको थियो ।
आजको बैठकमा समसामयिक राजनीतिक घटना क्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


