काठमाडौँ, २० साउन । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

शनिवारको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनले भने, ‘दुई सय जनाले बोलिसकेपछि विचार दोहोरिन्छ भन्ने हो तर बोल्न चाहेका सबैलाई समय उपलब्ध गराइन्छ’ । यदि बोल्ने क्रम आज रोकिए आइतबार अध्यक्षज्यूले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनुहुन्छ ।’

शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन । बैठकमा ७५८ जना सहभागी रहेका छन ।