माओवादी बैठकमा प्रचण्डद्वारा प्रतिवेदन पेश

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि पेश गरेका हुन् ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आगामी मंसिरमा विधान सम्मेलन गर्ने र पार्टीलाई सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने उल्लेख छ । जनतासँग पार्टी अभियान अन्तर्गत भदौदेखि कार्तिकसम्म माओवादीले अभियान चलाउने भएको छ ।
बैठकमा छलफलका लागि ५ वटा एजेण्डा प्रस्तुत गरिएको छ । जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान सम्मेलनसहितका एजेण्डा छन् । राजनीतिक प्रतिवेदनमा पार्टी सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने, संगठन सुदृढिकरणका लागि पार्टी सदस्यता बढाउने लगायत रहेका छन् ।
यसैवीच अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले असहमति जनाउँदै बिहीबारको बैठकमा फरक मत राख्ने जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


