गृह मन्त्रालयको प्रवक्तामा भट्टराई

काठमाडौँ, १५ साउन । यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका नारायणप्रसाद भट्टराईले गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेपछि गृह मन्त्रालय प्रवक्ताविहीन बनेको थियो ।
भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । साथै, प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।
तत्कालीन काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय भने हाल नेपाल सरकारका सचिवमा बढुवा भइसकेका छन् । उनै उपाध्याय सचिवमा बढुवा भएपछि उनको स्थानमा बस्नेत काठमाडौंको प्रजिअ बनेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


