काठमाडौँ,१३साउन। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।त्रि

देशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपालले मलेसिया र सिंगापुरको भ्रमण गरेका थिए । करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेका थिए ।

पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए ।