पानीको अभावले उत्पन्न समस्याबारे सरोकारवालासँग छलफल

जनकपुरधाम, १२ साउन । मधेश प्रदेश सरकारले पानीको अभावका कारण सर्वसाधारणलाई उत्पन्न भएको समस्या सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ ।
अर्थमन्त्री संजयकुमार यादव र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन साह कलवारले प्रदेशमा भएको पानीको अभाव सम्बन्धी विज्ञ एवं सरोकारवालासँग छलफल गरेका हुन्।
पछिल्लो समय यस प्रदेशमा वर्षा नहुँदा कतिपय जिल्लामा खानेपानीको हाहाकार भएको छ। कृषियोग्य भूमिमा सिंचाई हुुन नसक्दा रोपाई समेत हुुन सकेको छैन् । पानीको अभावमा खेतहरुमा खडेरी लाग्ने समस्याको समाधानका विषयमा समेत मन्त्रीद्धयले विज्ञहरुसँग सुझाव मागेका छन्।
पानीको संकटलाई तत्कालै समाधान गर्न विज्ञहरुले दिएको सुझावलाई यथाशिघ्र कार्यान्वयनमा लैजान निकायका पदाधिकारीहरुलाई निर्देशन दिइएको छ। प्रदेशमा पानीको अवस्था बारे अध्ययन गर्न विज्ञहरुको समिति गठन गरी भविष्यमा यस्ता समस्या आउन नदिन तथा आए पनि पूर्व तयारी गरी अघि बढ्ने योजना समेत अघि सारिएको छ ।
त्यस्तै मन्त्रीद्धयले पानीको संकट सदैवका लागि अन्त्य गर्न विभिन्न कोणबाट अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न समेत विज्ञहरुसँग राय लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


