अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

काठमाडौँ, ११ साउन । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान गरेको छ ।
न्यूनम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् ।
अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


