काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मत राखेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खांणबारे बैठकले निलम्बनको निर्णय नलिएपछि महामन्त्री थापाले फरक मत राखेका हुन् । बैठकमा पनि महामन्त्री थापाले  खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए ।

बैठकका निर्णयमा पनि महामन्त्री थापाको लिखित मत रहेको अर्को महामन्त्री शर्माले सुनाए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।