काठमाडौं, ९ साउन । नेकपा एमालेले ६ प्रदेशको अधिवेशन मिति तोकेको छ।

पार्टी संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय भएको जानकारी दिएका हुन् ।

कोशी प्रदेश कमिटीले आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरेको छ ।

मधेश प्रदेश कमिटीले असोजको ५ र ६ गते अधिवेशनको तयारी गरेका छन् भने वाग्मती प्रदेशले ८ र ९ गते अधिवेशन गर्ने गरी मिति घोषणा गरेको छ ।

कर्णाली प्रदेशले भदौ २९ र ३० गते र सुदूरपश्चिमले भदौ २२ र २३ गते गर्ने गरी मिति टुंगो लगाएको अधिकारीले जानकारी दिए।

लुम्बिनीको भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय भएको प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन्।

गण्डकीको प्रदेश अधिवेशनको मिति तय हुन बाँकी रहेको त्यस प्रदेशका इन्चार्ज गोकर्ण विष्टले जानकारी दिए।