सप्तरी, ९ साउन । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजगढ गाउँपालिका वडा नंम्बर-६ जगाई टोल बस्ने ३५ वर्षीय उमेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मोटरबाट पानी तानेर खेतमा लगाउने क्रममा मण्डललाई करेन्ट लागेको थियो ।

उनलाई करेन्ट लागेपछि उपचारका लागि तत्कालै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।