जनकपुरधाम, २५ असार । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर–५ बस्ने ३४ वर्षीय श्रवण भन्ने रामचरण मुखिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा २०६२/६३ सालदेखि फरार रहेका प्रतिवादी मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका मुखियालाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराइएको डीएसपी गौतमले जानकारी दिए ।