खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिँदा ५ लाखको क्षति

सप्तरी, २५ असार । सप्तरीमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिँदा ५ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–५ बस्ने नितेश कुमार मेहताको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिँदा घरमा आगो लागेको थियो ।
आगलागीमा घरलगायत घरभित्र रहेको पंखा, खाट, बेड ,खाद्यान्न ,लत्ता कपडा, जस्ताको ट्रंक, पेटि, पेटिभित्र रहेको सम्पुर्ण लत्ताकपडा, २ थान मोबाइल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
आगो स्थानीयबासी, नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


