प्रधानमन्त्री प्रचण्डले पद त्याग गर्न आँट गर्नुपर्छ : गोकुल बास्कोटा

काठमाडौं, २५ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद त्याग गर्नका लागि आँट गर्नुपर्ने बताएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री दाहालले सकेसम्म पद त्याग गर्न आँट गर्नुपर्ने बताएका हुन् ।
सत्ता स्वार्थका निम्ति देशको सार्वभौमिकता साट्न नसकिने भएकाले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने उनको भनाई थियो । सांसद बास्कोटाले प्रधानमन्त्री दाहाल वातावरणले, व्यवहारले, अभ्यासहरूले, कुराहरूले, लघुताभासले, आत्मसमर्पणवादले देशको हितमा नरहेकाले आफूहरूले सिंगो संसद र देशबासीलाई विश्वासमा लिने गरी आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिनका लागि संसद सुचारू गराएको पनि बताए ।
सांसद बास्कोटाले सत्तापक्षले मिटरब्याँज सम्बन्धि विधेयक ल्याउने विषयमा पनि एमालेले अवरोध गर्यो भनेर झुट कुरा बोलेको आरोप समेत लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


