मिटरब्याज पीडितलाई थप पीडा दिने काम नगर्न लामिछानेको आग्रह

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दाबी गर्दै उनले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले सोही अनुसारको व्यवहारको अपेक्षा गरिएको पनि बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशको राष्ट्रियताको सवालमा बोल्दा ख्याल राख्न पनि सचेत गराए ।
सभापति लामिछानेले मिटरब्याज पीडितहरुलाई थप पीडा दिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


