ललितानिवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं, २४ असार । ललितानिवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितानिवासको जग्गा व्यक्तिको नाममा पुर्याउन भूमिका खेलेको अभियोगमा उनीहरू पक्राउ परेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेका छन् ।
सरकारको नाममा रहेको ललितानिवासको जग्गा व्यक्तिको नाममा पुर्याउन उनीहरूको भूमिका रहेको देखिएकाले पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


