एमालेमाथि लगाइएका आरोप फिर्ता नभएसम्म संसद् चल्दैन : केपी ओली

काठमाडौं, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक रहेको बताएका छन् । तर, एमालेमाथि लगाइएका गम्भीर आरोप फिर्ता नभएकाले सहमति हुन नसकेको उनको जिकिर छ ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताए । प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति कायम रहेको पनि उनले बताए ।
यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो । सो छलफलमा सहमति जुटेको बताइएको थियो ।
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा भने ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


