विराटनगर, २४ असार । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली कांग्रेसबाट रामकुमार खत्रीले मन्त्री पदको शपथग्रहण गरेका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिइएको छ । अन्य मन्त्री भने विनाविभागीय छन् । नवनियुक्त अर्थमन्त्री आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं हुन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन कांग्रेस र एकीकृत समाजवादीबाट एक÷एकजना मन्त्री नियुक्त भएका थिए ।