आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, २४ असार । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बैठक सोमबारसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
यसअघि शुक्रबार बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले बुधबार बैठक अवरुद्ध गरेयता संसद् सुचारु हुन सकेको छैन ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


